२५ बैशाख २०८१, मंगलबार

संसदमा सडक दुर्घटना रोक्ने छलफल भइरहदा अर्घाखाँचीमा जीप दुर्घटना, ९ जनाको मृत्यु


accident

१२ भदौ, अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो ।

जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ । यद्यपी दुर्ङटनाको कारण खुलेको छैन ।

दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको सइ श्रीषले जानकारी दिए ।

६ जना घाइतेहरूलार्इ उद्दार गरी एम्बुलेन्समा सन्धिखर्क पठाइएको छ । प्रहरी र स्थानीयवासीले दुर्घटनाका घाइतेको उद्दार गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !