१४ बैशाख २०८१, शुक्रबार

पत्रकारमाथि एसिड प्रहार


तेजाब प्रहार

६ कात्तिक, पर्सा ।  वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले एसिड प्रहार गरेकी छन् ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि एसिड फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । (रासस)

यो पनि पढ्नुहोस् 

शरीरमा एसिड परेमा त्यसको उपचार यसरी गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !