२४ बैशाख २०८१, सोमबार

शरीरमा एसिड परेमा त्यसको उपचार यसरी गर्ने


शरीरमा एसिड

एसिड आतंक नेपालमा सबैका लागि एउटा ठूलो चुनौती विषय बनेर खडा भएको छ । अज्ञात व्यक्तिले एसिड फ्याँकेको घटनाले धेरै अभिभावकलाई चिन्तित तुल्याएको छ । तेजाब आक्रमणसंग सम्वन्धीत एउटा रिटमा सर्वोच्च अदालतले त्यस्ता हिंसाबारे हेर्न बेग्लै द्रुतगतिको अदालत गठन गर्ने जस्ता नयाँ कानुनी प्रावधानहरु ल्याउन सरकारको नाममा २०६६ सालमै निर्देशनात्मक आदेश जारी गरेको थियो । दक्षिण एसियाली मुलुकहरु बंगलादेश तथा भारतमा जस्तै कडा सजायका प्रावधानहरु ल्याउनुका साथै तेजाबको उपलब्धता माथि कडा नियन्त्रण गरेमात्रै त्यस्ता हिंसामा कमी आउन सक्छ । सर्बप्रर्थम एसिड लागेको ठाउँमा प्राथमिक उपचार गर्नुपर्छ अन्यथा खराब अवस्थामा एसिड रोगी जीवन लागि घातक हुनसक्छ ।

एसिड लगेका विरामीहरुका लागि मृत्युको भन्दा साधारण संक्रमणको डर बढी हुन्छ । एसिड लगेको सबै लुगा हटाउनुपर्छ । एसिड लागेको ठाउँमा दुध वा पानीले पखाल्नु बेस हुन्छ । एसिड जहाँ प्रहार हुन्छ,निमेष भरमै आगोको लप्कामा परेजस्तै शरीरका अंग डडाउँछ । एसिड जति बढी समय शरीरमा रह्यो,त्यति नै बढी गहिरो चोट पुर्याउँछ । त्यसैले जतिसक्दो छिटो चिसोपानीले पखाल्नुपर्छ । पानी नभए जे चिसो पदार्थ छ,त्यसैले धुनुपर्छ । पानीले पखालेपछि तत्कालै अस्पताल पुर्याउनुपर्छ भन्ने छैन । पानीले नपखालिकन अस्पताल पुर्याउँदा समस्या थप गहिरिनसक्छ । कम्तीमा आधा घन्टा पानीले सफा गर्नु राम्रो हुन्छ एसिड लागेको शरीरका क्षतिग्रस्त तन्तुहरू लागि प्रोटिन र कार्बोहाइड्रेटको धेरै आवश्यकता पर्दछ । उपचारको क्रममा बिरामीलाई उचित पोषकतत्वको आवश्यकता पर्दछ ।

यो पनि पढ्नुहोस् 

युरिक एसिडको रोकथाम गर्ने तरिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !