२३ बैशाख २०८१, आइतबार

म्यादी प्रहरीका लागि आवेदन लिन सुरु, आवेदन बुझाउन युवाहरु आकर्षित


असोज २७, धनकुटा । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाले आवेदन लिन सुरु गरेको छ । निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोशाक, तलव भत्ता र राशन उपलब्ध गराइने भएपछि धनकुटामा स्थानीय युवाको आकर्षण बढेको छ । तीन दिनको अवधिमै चार सयभन्दा बढीको आवेदन परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

पहिलो दिन खासै भीड नदेखिए पनि दोस्रो दिनदेखि आवेदन फर्म भर्न आउने युवाको संख्या बढ्दै गएको धनकुटाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए । म्यादी प्रहरीमा भर्ना हुन चाहने अधिकांश युवा क्याम्पसमा पढिरहेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनेहरुले नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासँगै मतदान स्थलमा निर्वाचन सुरक्षा तथा स्थानीय स्तरमा समन्वयको काम गर्नुपर्ने छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा धनकुटाबाट म्यादी प्रहरीका लागि करिव १७ सय युवाले आवेदन दिएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !