२६ बैशाख २०८१, बुधबार

टोखा नगरपालिकाद्वारा शिवपुरी नाकामा कडाइ


टोखा नगरपालिका

काठमाडौँ, ३ जेठ । टोखा नगरपालिकाले काठमाडौँ भित्रिने उत्तरी नाका शिवपुरीमा कडाइ गरेको छ । टोखाले पछिल्लो समय काठमाडौँ उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर शिवपुरी नाकामा कडाइ गरेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नुवाकोट हुँदै काठमाडौँ प्रवेश गर्ने शिवपुरी नाकामा कडाइ गरिएको जानकारी दिनुभयो । “नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीसहितको टोली राखेर शिवपुरी नाकामा कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले विदेशबाट र विभिन्न जिल्लाबाट आएका व्यक्तिको पिसिआर र आरडिटी परिक्षण गर्ने भएको छ । पछिल्लो समयमा काठमाडौँमा कोरोना सङ्क्रमित देखिएपछि नगरपालिकाले पिसिआर र आरडिटी परिक्षणलाई तीव्रता दिन लागेको हो ।

नगरप्रमुख अधिकारीले टोखामा ४०० व्यक्तिको पिसिआर परीक्षण र ९०० जनाको आरडिटी परीक्षण गर्न लागिएको जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका ४० हजार व्यक्तिलाई खाना खुवाइसकेको छ भने १० हजार घरपरिवारलाई राहत वितरण गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !