२४ बैशाख २०८१, सोमबार

डायलाइसिस केन्द्रमा रगत आपूर्ति


blod

तनहुँ, ३० वैशाख । लकडाउन समयमा दमौली अस्पतालमा सञ्चालित डायलाइसिस केन्द्रमा करीब दुई हप्ता रगत अभाव देखिए पनि अहिले आपूर्ति भएको छ । नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार प्राविधिक सहयोगमा एक हप्ताका अवधिमा पाँच संस्थाले रक्तदान कार्यक्रममार्फत १३५ पिण्ट रगत संकलन गरी अस्पताललाई हस्तान्तरण गरेका छन् ।

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल तनहुँले ३०, नेपाल तरुण दलले ३०, जेसिआई दमौलीले २८, नेविसंघ तनहुँले ३६ र नेपाल रेडक्रस सोसाइटीले एक हजार एक सय पिण्ट रगत केही दिनअघि संकलन गरेका थिए । सिद्धार्थ बचत तथा ऋण सहकारीले भने ३६ पिण्ट संकलन गरी पोखरा पठाएको नेपाल रेडक्रस तनहुँ रक्तसञ्चार शाखाका प्राविधिक जसोदा थापाले जानकारी दिनुभएको छ । लकडाउन समयमा एकदुई हप्ता रक्ताभाव देखिए पनि डायलाइसिसका बिरामीलाई उपचार नरोकिएको उहाँले बताउनुभयो ।

दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा केही समूहका रगत अभाव हुँदा उपचारमा समस्या भएको थियो । उक्त केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको डायलाइसिस केन्द्र दमौलीका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिनुभयो ।

ऋषिङबासी खानेपानीबाट लाभान्वित हुँदै
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएको विकट बस्ती ऋषिङ गाउँपालिका–६ का करीब एक हजार बासिन्दा लाभान्वित हुने भएका छन् । बस्तीदेखि मुनि रहेको घिरोदी खोल्सीको मुहानको पानी करीब पाँच सय मीटर उचाइमा तानी गाउँमा खानेपानी बितरण गर्न थालेपछि त्यसक्षेत्रका बासिन्दा लाभान्वित हुन लागेका हुन् ।

गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिमार्फत ऋषिङ्ग–६ का १४० र ढुङगाडेका ५० घरधुरी गरी एक सय ९० घरधुरीका बासिन्दा लाभान्वित हुन लागेको ऋषिङ –६ का वडाध्यक्ष भक्तबहादुर आलेले बताउनुभयो ।

संघीय सरकारको रु.३५लाख, गण्डकी प्रदेश सरकारको रु.२५ लाख गरी रु६० लाख र ४० प्रतिशत जनसहभागितामा उक्त आयोजना सम्पन्न गर्न लागिएको गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !