२५ बैशाख २०८१, मंगलबार

पोखरा लगायत कास्की जिल्लाको सुरक्षा व्यवस्था कडा


भाद्र २८,पोखरा | पोखरा लेखनाथ महानगर क्षेत्र  लगायत समग्र  कास्की जिल्लामा  सुरक्षा व्यवस्था कडा पारिएको छ । नजिकिदै गरेको नेपालीहरुको महान पर्व वडा दशैंलाई लक्षित गरी शान्ति सुरक्षाको लागि कास्की प्रहरीले विभिन्न व्यापारीक केन्द्र , यातयात, पर्यटकीय क्षेत्र लगायतका बिभिन्न  सार्वजनिक स्थानमा सुरक्षाकर्मीहरु खटाउन सुरु गरेको हो ।

चाडवाडको अवसरमा हुनसक्ने सम्भावित  चोरी डकैती र अपराधिक घटनाहरु न्युनिकरण गर्न कास्की प्रहरीले विशेष सुरक्षाकर्मी सहितको टीम परिचालन गरेको कास्कीका प्रहरी प्रमुख एस.पी. अशोक सिंहले बताए ।  ‘पोखरा लगायत समग्र कास्की जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै तालिमप्राप्त कुकुर सहितको टोलीवाट अनुगमन थालेका छौ’,  एस.पी. सिंहले पोखरा न्युजसंग भने । सुरक्षा व्यवस्था मजवुत पार्न पोखरा भित्रिने  सवारी साधन र यात्रुहरुको निगरानी बढाएको सिंहले जनाए ।

सम्भावित घटनाहरुको आंकलन गर्दै  जिल्लाको सुरक्षा व्यवस्था मजबुत पार्न  कास्की प्रहरी लागिपरेको प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए । शान्ति सुरक्षामा खलल पार्ने खालका संकास्पद गतिविधि भएको आशंका लागेमा तत्काल खवर गर्न समेत  कास्की प्रहरीले आग्रह गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !