१९ बैशाख २०८१, बुधबार

गृह मन्त्रालयको आग्रह : होलीमा लोलापानी नहान्नू, रंग नदल्नू


गृह मन्त्रालयले निकालेको विज्ञप्ति

२४ फागुन, काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’

गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपील गरेको छ । कोरोना भाइरसको त्रासका कारण सर्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो । साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।

यस्तो छ गृह मन्त्रालयले निकालेको विज्ञप्ति

गृह मन्त्रालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !