२४ बैशाख २०८१, सोमबार

पूर्वमन्त्रीद्वारा गाँजा खेतीलाई नियमन गर्न भन्दै संसदमा विधेयक दर्ता


शेर बहादुर तामाङ

१९ फागुन, काठमाडौं । नेकपा सांसद पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले गाँजा खेतीलाई नियमन गर्न भन्दै नीजि विधेयक संसदमा आज सोमबार दर्ता गराएका छन् । संघीय संसद सचिवालयका अनुसार गैरसरकारी विधेयकका रुपमा आज नेकपा सांसद तामाङले ‘गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७६’ दर्ता गराएका हुन् ।

विधेयक दर्ता गर्ने सांसदले गाँजा बिक्रीलाई खुल्ला गर्ने हो भने नेपालको अर्थतन्त्र २/३ बर्षमै ५०/६० खर्बको बनाउन सकिने तर्क प्रस्तुत गरेका छन् । तामाङ सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद हुन् । सिन्धुपाल्चोकका उच्च भेगमा गाँजा खेती हुने गरेको छ ।

यसअघि नेपालमा गाँजा खेतीलाई बैधानिकता दिनुपर्ने भन्दै नेकपा सांसद विरोध खतिवडा प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव संसदमा दर्ता भइसकेको छ । जुन प्रस्तावको समर्थकमा नेकपाकै ४५ जनाभन्दा बढि सांसदहरु रहेका छन् ।

खतिवडा मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् । मकवानपुर पनि गाँजा उत्पादन हुने प्रमुख जिल्लामा पर्छ । उच्च उहाडी र हिमाली भेगमा गाजा खेती हुने गरेको छ । अरु अन्नबाली राम्रो उत्पादन नहुने क्षेत्रमा पनि गाँजा राम्रो उत्पादन हुने गरेको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !