२० बैशाख २०८१, बिहिबार

ट्रकको ठक्करबाट बालाजु गङ्गा हलअगाडि दुई महिलाको मृत्यु


accident

६ फागुन, काठमाडौं । ट्रकको ठक्करबाट बालाजु गङ्गा हल अगाडी आज दुर्इ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

एकै दिशाबाट आइरहेका ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले स्टुकरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुर्इ महिलाको मृत्यु भएको हो ।

बालाजु बृतका डीएसपी सन्तोष तामाङका अनुसार माछापोखरीबाट तीव्र गतिमा बालाजुर तर्फ आइरहेको ट्रकले अगाडी रहेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पछाडी बसेकी रिनाकुमारी राई सडकमा पछारिएकी थिइन । ट्रकले राईलाई त्यहीँ किचेको थियो ।

स्कुटर र मान्छे ढलेपछि चालक ट्रक छाडेर भागेको डीएसपी तामाङले बताए । ड्राइभर विनाको ट्रक गुडेर स्कुटर चलाउने सोनिया थापा मगरलाई किचेको थियो । दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

ट्रक छोडेर फरार हेटौंडाका सन्जिव लामाको खोजी भैरहेको डीएसपी तामाङले बताएका छन् । – एजेन्सी 

तस्बित : ठाकुर तिमल्सिना ( काभ्रेस्थली )


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !