२० बैशाख २०८१, बिहिबार

उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने उद्देश्यसहित ‘नेपालका लागि नेपाली’ अभियान शुरु


डा. सुरेन्द्र भण्डारी

१५ कात्तिक, काठमाडौं । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको अगुवाईमा ‘नेपालका लागि नेपाली’ अभियान सुरु हुने भएको छ । अभियानले नागरिक आयोग बनाएर पञ्चायतकालदेखि अहिलेसम्मका उच्च ओहदामा बसेकाहरुको सम्पत्ति छानविन गर्नेछ ।

शनिबार एक होटलमा हुने भेलाले समन्वय समिति बनाएर अभियानलाई औपचारिकता दिने भण्डारीले बताए । लगत्तै नमुना नागरिक आयोग बनाइनेछ । आयोगमा १०/११ जना हुनेछन् र यसले केही भ्रष्टाचार वा आपराधिक घटनाको अनुसन्धान गर्ने बताइएको छ ।

‘यसले नागरिक आयोग बन्यो भने कसरी काम गर्छ भनेर मोडल स्थापित गर्छ’ भण्डारी भन्छन्, ‘सुरुमा हामी ३/४ वटा मुद्दामा अनुसन्धान गर्छौं । त्यो निर्मला हत्याकाण्ड पनि हुनसक्छ, वाइडबडी विमान खरिद वा अरु कुनै हुनसक्छ ।’ यस क्रममा देशभर कार्यक्रम गरेर ७७ वटै जिल्लामा अभियानका कमिटीहरु पनि बनाउने योजना छ । नागरिक आयोग बन्न भने डेढदेखि २ वर्षसम्म लाग्ने अभियान्ताहरु बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !