२० बैशाख २०८१, बिहिबार

क्रियापुत्री भवन निर्माणका लागि तनहुँ अमेरिका सोसाईटीद्धारा ७ लाख सहयोग


क्रियापुत्री भवन

दमौली ८ कार्तिक । तनहुँ अमेरिका सोसाईटीद्धारा तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन क्रियापुत्री भवनको लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोसाईटीका तर्फबाट बुधबार एक कार्यक्रमका बिच महासचिव कृष्णजीवी पन्थले क्रियापुत्री भवन निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग प्रदान हुन् ।

महासचिव पन्थले उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने र क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उक्त अवसरमा जानकारी दिए अनुसार न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, सनफ्रान्सिस्को, डालास, ह्युसटन लगायत विभिन्न शहरमा बस्ने ४२ जना तनहुँङगेहरुबाट उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख मिरा जोशी, वडा नं ४ का वडा अध्यक्ष विश्व न्यौपाने , भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले सहयोग प्रदान गरेकोमा महासचिव पन्थ लगायत अन्य सहयोगी दाताहरुलाई आभार व्यक्त गरेका थिए ।

सोसाइटीका महासचिव पन्थले विदेशमा रहेर पनि मातृभूमि प्रति केही गर्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भएर आफूहरुले रकम सहयोग प्रदान गरेको कार्यक्रममा बताएका थिए । सोही रकम हस्तान्तरण कार्यक्रममा महासचिव पन्थलाई समितिका तर्फबाट दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !