२५ बैशाख २०८१, मंगलबार

महिलाको विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने


Nepalpatra

२४ असार, काठमाडौँ । लैङ्गिकतासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनशील हुनुपर्ने धारणा सरोकार भएकाहरुले व्यक्त गरेका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित ‘सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने बताए । साथै उनीहरुले जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरे ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले उत्पीडनमा पारिएका महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग अपिल गर्नुभयो ।

सचिव ठाकुरले २०७४ मंसिर २४ गतेदेखि आयोगले शुरु गरेको हेल्प लाइन सेवामा अहिलेसम्म करीब चार हजार लैङ्गिक हिंसासम्बन्धी सूचना आएको समेत जानकारी दिनुभयो ।

पत्रकार विष्णुकुमार प्रसाईंले शुरुदेखि नै महिला आयोग निष्क्रिय जस्तै भएको भन्दै आगामी दिन सक्रियता बढाउन आयोगलाई सुझाव दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !