२२ बैशाख २०८१, शनिबार

रेडक्रसको कोष अभिवृद्धि बैठक सुरु


Nepal-red-cross-society

१९ वैशाख, काठमाण्डौ । रेडक्रसको एसिया प्रशान्त क्षेत्रीय कोष अभिवृद्धि बैठक काठमाडौंमा सुरु भएको छ ।

बैठक मानवीय सहयोगको लागि आय आर्जनको विषयमा अनुभव साटासाट गर्न तथा सीप अभिवृद्धि गर्न आजदेखि सुरु भएको हो ।

बैठकमा सहभागी विभिन्न देशका विज्ञहरुले जुनसुकै बेला खाँचो हुनसक्ने मानवीय सहयोगका लागि  सहयोग कोषमा साझेदारी बढाउनुुपर्नेमा जोड दिएका छन् ।
यस्तै रेडक्रसको नेतृत्व, सहकर्मीहरु, कोष अभिवृद्धि कार्यकर्ताहरु र सर्वसाधारण सबैले थप काम गरेमा मानवीय सहयोग बढ्ने पनि विज्ञहरुको भनाई छ । रेडक्रसले एसिया प्रशान्त क्षेत्रमा गरिरहेका कामहरुको लागि सहयोग कोषमा थप १५ मिलियन डलर आवश्यक पर्ने कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

१८ देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीहरुका कोष अभिवृद्धि समूहका ४६ जना विज्ञहरुको बैठक शुक्रबारसम्म चल्नेछ ।

नेपाल रेडक्रसका विभिन्न तहमा कोष अभिवृद्धिको लागि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका अनुभव र सीप प्राप्त गर्न यो बैठक नेपालमा आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !