२० बैशाख २०८१, बिहिबार

७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा


१७ वैशाख, काठमाण्डौ । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत् लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान अायाेग, कञ्चनपुर दरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा आएका छन् ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।

त्यस्तैगरी डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा आएका छन् । धादिङका ध्रुवराज राउत अनुसन्धान विभागमा आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !