२६ बैशाख २०८१, बुधबार

मोटरसाइकलले ठक्कर दिँदा सांसद तथा एमाले अध्यक्ष तामाङ घाइते


tara lama

३ वैशाख, महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका छन् ।

उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको प्रहरीले कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले जानकारी दिए ।

मोटरसाइकलको ठक्करवाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको घिमिरेले बताए । उनका अनुसार घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक २५ वर्षीय शैलेन्द्र कुँवरलाई नियन्त्रणमा लिएको छ ।

प्रदेश नम्बर ७ का सांसद रहेका तामाङ प्रदेशमा पार्टीको प्रमुख सचेतक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !