२२ बैशाख २०८१, शनिबार

एसएसपी सुशील यादव मृत फेला


काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !