१४ बैशाख २०८१, शुक्रबार

हिमालय उर्जाले २४.७५ करोडको आइपीओ जारी गर्ने


IPO

२५ चैत, काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ करोड ९० लाख बराबरको आइपीओ निश्कासन गर्नेछ ।

कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यसका लागि कम्पनीले चैत २१ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ।

यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गर्नेछ । त्यसपछि सर्वसाधारण लगानीकर्ताका लागि समेत १४ करोड ८५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने योजना रहेको छ ।

यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना हो ।

यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !