२३ बैशाख २०८१, आइतबार

सल्यानमा बस आपसमा ठोकिँदा १८ यात्रु घाइते


१९ चैत, रुकुम । सल्यानमा दुई बस आपसमा ठक्कर खाँदा १८ जना यात्रु घाइते भएका छन् ।

राप्ती राजमार्ग अन्तर्गत बागचौर नगरपालिका– ५ सिवरत मूलखोलामा काठमाण्डौवाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुमवाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

घाइतेहरुमध्ये मुसीकोट नगरपालिका–५ की पुष्पा गौतमलाई एम्बुलेन्समार्फत रुकुममै ल्याइएको छ भने, सुकिदह सल्यानका बिमल खड्का र मुसीकोट नगरपालिका १० का पूर्णशिव सुनारलाई उपचारको लागि रिफर गरिएकोे प्रहरीले जनाएको छ । अन्य घाइतेहरु स्थानीय मेडिकलमा उपचारपछि फर्किएका प्रहरीले जनाएको छ। दुवै बस र चालक प्रहरी नियन्त्रणमा लिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !