१४ जेष्ठ २०८१, सोमबार

बहुउद्देश्यीय कभर्डहलको शिलान्यास


१२ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार वीरेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गर्नु भएको छ ।

यो अवसरमा मुख्यमन्त्री शाहीले स्वस्थ प्रदेशका लागि खेल आवश्यक रहेको र यसका लागि रकम जुटाउने संघको टोलीलाई धन्यवाद दिनुभयो ।

‘विश्व बजारसम्म प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादनका लागि प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार छ,’ – उहाँले भन्नुभयो । सुर्खेत ब्याडमिन्टन संघको एक करोड ७५ लाख रुपैयाँको लागतमा कभर्डहल निर्माण हुन लागेको हो ।

इन्टरनेट सेवा प्रदायकसँग छलफल

मुख्यमन्त्री शाहीले कार्यालय समयमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा सुर्खेतमा इन्टरनेट सेवा दिइरहेका व्यवसायीसँग छलफल गर्नुभएको छ ।

बिहान १० देखि अपराह्न ५ बजेसम्म कार्यालय समयमा फेसबुक बन्द गर्ने र त्यसपछि पुनःसञ्चालनमा आउने प्रक्रियाका बारेमा उहाँले छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले पहिलो चरणमा मुख्यमन्त्रीसहित सात मन्त्रालयमा उक्त नियम कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । यो नियम मंगलबारदेखि लागू हुने उहाँका स्वकीय सचिव वीरबहादुर कुँवरले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !