२५ बैशाख २०८१, मंगलबार

धरानमा शेयर बजार सम्बन्धी एक दिने अन्तक्रिया सम्पन्न


Workshop Dharan

४ चैत, धरान । धरानमा शेयर बजारबारे आधारभुत तथा प्राविधिक जानकारी दिन अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नेपाल शेयर हब तथा एबीसी सेक्युरिटी (ब्रोकर नम्बर १७) को सहकार्यमा धरानस्थित उद्योग वाणिज्य महासंघको कार्यलयमा शेयर बजार सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Dharan Sharemarket Workshop

कार्यक्रममा हिमालयन टेलिभिजन ‘बजार गुरु’ का प्रस्तोता सन्दिल श्रेष्ठ, एबीसी सेक्युरिटीका कार्यकारी अध्यक्ष नितेश कुमार अग्रवाल तथा नेपाल शेयर हबका ‘टेक्निकल एनालिस्ट’ नवराज सिलवालले शेयर बजारबारे आधारभुत तथा प्राविधिक जानकारी गराएका थिए ।

कार्यक्रममा आधारभूत तथा प्राविधिक विश्लेषकहरुले पूँजी बजारको अवस्था, पूँजी बजारका असर पर्ने  आधारभूत कुरा, शेयरमा हुने जोखिम र लगानीकर्ताले लगानी गर्दा अपनाउनु पर्ने सावधानी, आधारभूत ज्ञान तथा प्राविधिक विश्लेषणको आधारमा कसरी ट्रेडीइंग निर्णय लिनेबारे सचेत गराएका थिए ।

एबीसी सेक्युरिटी धरान शाखाका संचालक योगेश कुमार अग्रवालले शेयर बजारमा लगानी गर्नु अगाडी नयाँ लगानीकर्तालाई आधारभूत शिक्षा जरुरी रहेको आवश्यकता प्रष्ट परेका थिए । साथै अग्रवालले धरानमा शेयर तालिमलाई निरन्तता दिनेसमेत बताएका थिए ।

कार्यक्रममा उल्लेखिय संख्यामा उपस्थित लगानीकर्ताले शेयर बजार सम्बन्धि आफ्नो जिज्ञासा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !