४ जेष्ठ २०८१, शुक्रबार

चौधरीलाई रिहाइ गर्न थारु कल्याणकारिणी सभाको माग


Resham Chaudhary

२८ फागुन, काठमाण्डौ । रेशम चौधरीको रिहाइको माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले सोमबारदेखि आन्दोलन गर्ने भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरी कैलालीको टीकापुर घटनाका मुख्य योजनाकारको अारोपमा पक्राउ परेका थिए ।

चौधरीलाई रिहा गर्नुपर्ने र सांसद्को प्रमाणपत्र दिनुपर्ने माग राखी कल्याणकारिणीले चरणबद्ध आन्दोलन थाल्ने बताएको हो । विरोधसभा, प्रदर्शन, मसाल जुलुस, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

चैत १० गते सम्म पहिलो चरणको आन्दोलन गर्दा सुनुवाइ नभए थप आन्दोलन गर्ने थारु काल्यणकारिणीसभाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !