१४ बैशाख २०८१, शुक्रबार

सलमान खानको ‘द ब्यांङ’ कार्यक्रम स्थगित


Da Bangg

१८ फागुन, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। विप्लव माओवादीको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो ।

मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो।
सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !