२२ बैशाख २०८१, शनिबार

आज प्रदेश २ मा सरकार विस्तार हुँदै


Pradesh-2

१६ फागुन, जनकपुर । प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । तर, राजपाले अझै नाम दिएको छैन ।

फोरमले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाएको छ । मुख्यमन्त्रीको दावेदारसमेत बनेका शैलेन्द्रले मन्त्रीमा चित्त बुझाए । उनी सप्तरी २ ‘क’बाट निर्वाचित सांसद हुन् ।

फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् ।

फोरमबाटै मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।
सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार विहान १० बजे राखिएको थियो । तर, राजपाले नाम नदिएका कारण १ बजेलाई सारिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !