२४ बैशाख २०८१, सोमबार

खुला दिसामुक्त घोषणा कार्यक्रम अन्योलमा


khulla disamukta ghosana

१५ फागुन, रामेछाप । स्थानीय तहका जनप्रतिनिधिहरुले घरमा समेत शौचालय (चर्पी) नबनाएपछि रामेछापलाई खुल्ला दिसामुक्त घोषणा कार्यक्रम अन्योल बनेको छ ।

केही निर्वाचित जनप्रतिनिधिको नाम नै लिँदै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले भने, ‘जिल्ला समन्वय समितिका सदस्य रामबहादुर तामाङको घरमा नै शौचालय छैन । मेरो मन्थली नगरकार्यपालिका सदस्य निर्माण माझीको घरमा शौचालय बनेको छैन । अनि मैले अरुलाई शौचालय किन नबनाएको भनेर कसरी भनौँ ।’

मन्थली नगरपालिका जिल्ला समन्वय समितिका सदस्यहरुदेखि मन्थली नगरकार्यपालिका सदस्यहरु साथै वडा सचिवदेखि लिएर कतिपय सरकारी कर्मचारी तथा सामाजिक अभियान्ताहरुको घरमा समेत शौचालय नभएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !