१४ बैशाख २०८१, शुक्रबार

द्रूतमार्ग सेनाले नमागेको प्रधानसेनापति क्षत्रीको स्पष्टोत्ति


rajendra kshetri

१ फागुन, काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाण्डौ–तराई द्रुतमार्ग बनाउन सरकारको र जनताले दर्साएको भरोसा र विश्वासको प्रतिफल भएको बताएका छन् ।

सेना दिवसको अवसरमा नेपाली सेनाका सकल दर्जालाई शुभकामना दिँदै प्रधानसेनापति क्षत्रीले सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण परियोजना समयमा नै सम्पन्न गरेर उदाहरणीय बन्ने मौकालाई नेपाली सेनाले सु–अवसरको रुपमा लिएको उल्लेख गरेका छन् । उनले राष्ट्रिय गौरवको उक्त निर्माण परियोजना नेपाली सेनाले मागेको नभइ नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताले दर्साएको भरोसा र विश्वासको प्रतिफल भएकोले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !