२१ बैशाख २०८१, शुक्रबार

चमेलिया जलविद्युत सम्झौता ७ वर्ष वित्दा पनि कार्यान्वयन भएन


chameliya

४ माघ, दार्चुला । चमेलिया जलविद्युत् आयोजनाक काम ७ वर्ष अघि भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन । आयोजनाको अडिट टनेल नम्बर २ को काम सञ्चालन गरिएका बेला बारिलका स्थानीयवासीले खानेपानी तथा सिचाइँ मुहानहरु सुकेका भन्दै आन्दोलित भएपछि माग सम्बोधन गर्ने प्रतिबद्धतासहित २०६७ सालमा सम्झौता गरिएको थियो ।

शैल्यशिखर नगरपालिका-१ शिखरको बारिलस्थित अडिट टनेल नम्बर २ को सुरुङ खन्दा साविकको शिखर गाविसका वडा नम्बर १, २ र ३ का वस्तीहरुमा खानेपानी तथा सिचाइँका मुहानहरु सुकेको भन्दै आान्दोलन गरेका थिए ।

२०६७ मंसिर २९ गते भएको नौ बुदेँ सम्झौतामा उल्लेख भएका कुनै पनि कुराहरु कार्यान्वयन नभएका लटीनाथ निमावि बारिलका प्रधानाध्यापक सुरेन्द्रबहादुर तितराले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !