२० बैशाख २०८१, बिहिबार

२०औं वार्षिकोत्सवमा महानायक राजेश हमाललाई सम्मान गर्दै


rajesh hamal

३ माघ, हेटौंडा । हेटौंडा एकेडेमीले महानायक राजेश हमालसहितलाई सम्मान गर्दै आफ्नो २०औं वार्षिकोत्सव बुधबार मनाएको छ । मकवानपुरका प्रदेशसभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका संरक्षक एवं मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले उत्कृष्ट विद्यालयको रुपमा परिचित एकेडेमीको उचाई बढाउन थप प्रतिवद्ध भएर अघि बढ्न व्यवस्थापनलाई सुझाव दिए ।

प्रदेश सांसद पौडेलले आफूले २० वर्षअघि स्थापना गरेको विद्यलयले सफलताको फड्को मारेकोमा खुसी व्यक्त गरे । उनले गुणस्तरीय शिक्षाको पर्याय हेटौंडा एकेडेमी बनेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !