११ जेष्ठ २०८१, शुक्रबार

डाक्टर कोइराला भन्छन्, देश विकाशका लागि विदेशिने युवा रोक्नुपर्छ


shashank koirala shashank koirala

२९ पुस, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विदेशिने युवालाई रोकेर सृजनात्मक कार्यमा लगाउनुपर्ने र सरकारले उधमशीलमुलक कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले देशको मुख्य कार्यसूची खाडी मुलुकमा जाने युवालाई रोकी कसरी देश विकाशमा लगाउने तथा सीपमुलक कार्यक्रममा प्रोत्साहन गर्नेबारे हुनुपर्ने बताए ।

सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरेपनि बेरोजगारी समस्या बढेकोले दक्ष जनशक्तिको कमी भएको बताउँदै यसको लागी सरकारले नीतिगत रुपमा शिक्षा प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने बताए ।

हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘समाज परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा जिल्लाभरिका करीब १०० युवाको सहभागिता थियो ।

सम्मेलनको मुख्य उद्देश्य दिगो तथा समृद्ध समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि युवालाई उत्तरदायी गराई समाजका हरेक कार्यमा संलग्न गराउने रहेको आयोजकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !