Dr Govinda kc waves hand as he taken to Bir hospital after returning from supreme court in Kathmandu on Tuesday, January 9, 2018. the hearing did not commence and is scheduled for Wednesday.
Photo; Keshab thoker/Nagarik/Republica २६ पुस, काठमाण्डौ । डा. गोविन्द केसीले प्रहरी हिरासत मैै अनशनलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा लगायत माग राखेर सोमबार १४औं अनशन थालेका केसीलाई त्यसको केही घन्टामै अदालतको अपहेलना आरोपमा गिरफ्तार गरिएको थियो । आदेश अनुसार प्रहरीले मंगलबार बिहान केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराए पनि बयान नसकिएको भन्दै हिरासतमा राखिएको छ । केसीले माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान दोहोयाएका छन् ।
स्वास्थ्यमा उतारचढाव देखिएपछि केसीलाई वीर अस्पताल, मेडिकल विभागमा भर्ना गरिएको छ । केसीको रक्तचाप घटेको, मुटुको चालमा उतारचढाव देखिएको चिकित्सकले बताएका छन् । प्रहरीले केसीलाई वीर अस्पताल भर्ना गरिएको जनाएको छ । प्रहरी निगरानी मै वीर अस्पतालमा भर्ना गरिएका केसीलाई मोबाइलमा कुरा गर्न समेत दिइएको छ । केसी पक्षले आफूले उपचार नमागेको प्रहरीले जबरजस्ती वीर अस्पतामा भर्ना गराएको बताएका छन् ।










