४ जेष्ठ २०८१, शुक्रबार

निर्माणाधीन नारायणगढ-मुग्लिन सडक आज रातिबाट दैनिक ६ घण्टा बन्द हुने


narayanghat

१८ पुस, चितवन। तीब्र रुपमा निर्माण भई रहेको नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । हरेक दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने निर्माणको कामलाई आयोजनाले जनाएको छ ।

गत १२ पुसमा जिल्ला प्रशासन कार्यालयमा आयोजना प्रमुख र ठेकेदारसहित बसेको प्रशासनको बैठकले १८ पुसदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको थियो । कटिङको काम गर्दा दिउँसोको समयमा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

१६ किलो, २२ किलोमा कटिङको काम बाँकी भएकाले ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम आज रातिबाट नै शुरु गर्ने भएका छन् ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न सडकखण्डको १६ किलो भन्ने स्थानमा बाँकी नै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !