२३ बैशाख २०८१, आइतबार

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु , पाँच जना घाइते


कात्तिक २०, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी, रामप्रसाद वराल, दिलबहादुर मगर र नरबहादुर बलमपाखी रहेका छन् ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर मगरको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिप चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !