२१ बैशाख २०८१, शुक्रबार

छाक टार्न समस्या भएकालाई राहत


राहत

भीमदत्तनगर, २४ वैशाख । कोरोना भाइरस सङ्क्रमण जोखिमका बेला सरकारले गरेको लकडाउनमा छाक टार्न समस्या भएका श्रमिक र विपन्न परिवारलाई कञ्चनपुरका स्थानीय तहले राहत दिएका छन् ।

बितेकी केही समयमा कञ्चनपुरका नौवटै स्थानीय तहले साढे २२ हजारभन्दा बढी परिवारलाई राहतस्वरुप दैनिक उपभोग्य सामग्री वितरण गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भीमदत्त नगरपालिकाले नगर क्षेत्रभित्रका सात हजार ८७१ घरपरिवारमा राहतस्वरुप दैनिक उपभोग्य सामग्री चामल, दाल, तेललगायतका सामग्री वितरण गरेको छ ।

महाकाली नगरपालिकाले वडास्तरसम्म पुगेर एक हजार ९४८ परिवार, बेदकोट नगरपालिकाले दुई हजार ७४२, शुक्लाफाँटा नगरपालिकाले एक हजार २६४, कृष्णपुर नगरपालिकाले तीन हजार ६४८, पुर्नबास नगरपालिकाले ८१९ परिवारलाई राहत सामग्री वितरण गरेको छ । बेलौरी नगरपालिकाले दुई हजार २७०, बेल्डाँडी गाउँपालिकाले ९०० परिवार र लालझाडी गाउँपालिकाले एक हजार ११८ परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले सङ्घीय सरकारले लागू गरेको मापदण्डअनुरुप राहत वितरण भइरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !