२२ बैशाख २०८१, शनिबार

‘बढी रकम नबोक्नोस्, कहीँ–कतैबाट धम्की आए फोन रेकर्ड गर्नोस्’ !


असोज १, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं, तिहार र छठपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । परिसरमा आइतबार पत्रकार सम्मेलन गरी सम्भावित आपराधिक घटनालाई न्यूनीकरण गर्न विशेष सुरक्षा रणनीति लागू गरेको जानकारी दिइयो ।

प्रहरीले २१ बुँदे अपिल जारी गर्दै चाडबाडका समयमा हुनसक्ने सम्भावित आपराधिक घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सुरक्षा रणनीति तय गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकले आफ्नो घरमा डेरामा बस्ने मानिसहरुको चाल–चलनकाबारेमा जानकारी राख्न सर्वसाधारणलाई आग्रह गरे ।

जुवा, तास र ढुकुटी खेल्ने/खेलाउनेहरुकोबारेमासमेत सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ । रातको समयमा होहल्ला गर्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिएमा पनि प्रहरीमा खबर गर्न पनि अपिल गरिएको छ ।

छतमा चढेर यात्रा नगर्न, नगराउन, धेरै गरगहना लगाएर नहिँड्न, बढी रकम नबोक्न र कहीँ–कतैबाट धम्की आएमा सचेत भइ फोन रेकर्ड गरेर राख्न पनि अपिल गरिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !