२२ बैशाख २०८१, शनिबार

कोरोना नियन्त्रणमा सफलता मिलोस् – अध्यक्ष दाहाल


प्रचण्ड

काठमाडौँ, वैशाख १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउन लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ ।

नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड-१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गर्नुभएको छ ।

अध्यक्ष दाहालले नयाँ वर्ष २०७७ ले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु-स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गर्नुभएको छ ।

 ‘प्रचण्ड’द्वारा नव वर्ष २०७७ सालको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !