१४ बैशाख २०८१, शुक्रबार

नेकपाभित्र बृहत सहमति : ५ वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष


ओली अध्यक्ष

मंसीर ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाभित्र बृहत रुपमा आन्तरिक सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व ५ वर्षलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालयले सरकारको जिम्मेवारी पार्टी अध्यक्ष केपी ओली र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिमण्डल हेरफेरबारे भने बैठकमा कुनै छलफल नभएको र यो मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यस बारेमा कुनै छलफल नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !