१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत


चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

२५ असोज, काठमाडौं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् ।

चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् । राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानेछन् ।

यो पनि पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे

यस्तो छ चिनियाँ राष्ट्रपति सी को २ दिने भ्रमणका कार्यतालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !