१३ बैशाख २०८१, बिहिबार

यस्तो छ चिनियाँ राष्ट्रपति सी को २ दिने भ्रमणका कार्यतालिका


२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउने भएका छन् । सी आज अपराह्न ०४:३०–०५:३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सी को नेपाल भ्रमणका लागि नेपाल सरकारले सबै सडकहरु रंग्याएका छन् भने सडकका छेउछाउहरुमा पर्यटकीयस्थलका फोटोहरु प्रिन्ट गरेर टासेर रंगीचंगी बनाएका छन् ।

सी नेपाल आइपुग्नु भन्दा अगाडी नै प्रधानमन्त्री ओलीले सडक अवलोकन गरेका छन् सी लाई विमानस्थलमा उच्चस्तरीय व्यक्तिहरुले स्वागत गर्नेछ सी को सुरक्षाका लागि थुप्रै प्रहरीहरु खटाएका छन् ।

सी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । त्यसपछि साँझ ६:३० बजे सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने तालिका रहेको छ ।

उक्त भेटघाटपछि सी कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । यसपछि सी राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सहभागी कार्यतालिका छ ।

आइतबार बिहान सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । उक्त वार्तामा सी र ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । सीले स्वदेश प्रस्थान गर्नुअघि पुष्पकमल दाहाल’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !