१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सी काठमाडौं आइपुगे


काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

२५ असोज, काठमाडौं । २ दिने राजकीय भ्रमण अन्तर्गत चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले शनिबार समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु समेत विमानस्थल पुगेका छन् । राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । चिनियाँ राष्ट्रपति विमानस्थलबाट सिधै होटल सोल्टीमा जानेछन् । त्यहाँ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन् । चिनियाँ राष्ट्रपतिले शनिबार नै राष्ट्रपति भण्डारीसँग भेट्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !