२ जेष्ठ २०८१, बुधबार

महरालाई पक्राउ गर्न अदालतको आदेश


कृष्णबहादुर महरा फाइल फोटो

काठमाडौं, १९ असोज । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आजै साँझसम्म नै महरालाई पक्राउ गर्ने भएको छ ।

निवर्तमान सभामुख महरामाथि यौन दुराचारको आरोप लगाएकी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी थिइन् । शाहीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार जाहेरी दिएकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार बिदाकै दिन भएपनि प्रहरीले जाहेरी दर्ता गराएको छ ।

शनिबार अदालत बन्द हुने भएकाले आइतबार मात्रै नेपाल प्रहरीले अदालत समक्ष महरालाई पक्राउ गर्न अनुमति मागेकाे हाे । महराविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अब प्रहरीलाई महरालाई पक्राउ परेर अनुसन्धान प्रक्रिया सुरु गर्न बाटाे खुलेकाे छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी

अन्तर्राष्ट्रिय समुदायले भन्यो : यौन हिंसाका घटनाको निष्पक्ष अनुसन्धान गर

महरालाई डा. बाबुरामको चिठी : अपराध स्वीकार्नु हित हुनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !