२४ बैशाख २०८१, सोमबार

अन्तर्राष्ट्रिय समुदायले भन्यो : यौन हिंसाका घटनाको निष्पक्ष अनुसन्धान गर


संयुक्त राष्ट्रसंघ नेपाल

१८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले भन्यो : यौन हिंसाका घटनाको निष्पक्ष अनुसन्धान गर । संयुक्त राष्ट्रसंघ र छ वटा पश्चिमा देशका दूतावासले नेपालमा महिला हिंसाको घटनाहरुको संख्या बढेको भन्दै चासो व्यक्त गरेका छन् । हिजो शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालस्थित राष्ट्रसंघसँगै युके, फ्रान्स, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले पीडितलाई न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराएका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको बेला अन्तर्राष्ट्रिय समुदायले पीडितलाई अन्तर्राष्ट्रिय कानुनअनुसार न्याय सुनिश्चितता गर्न पनि आग्रह गरेका हुन् । निर्मला पन्त प्रकरणबारे उल्लेख गरिएको विज्ञप्तिमा महरा प्रकरणबारे भने केही उल्लेख गरिएको छैन । उनीहरुले कंचनपुरकी किशोरी निर्मला पन्त र माया विकको घटनाहरुले पीडित तथा उनीहरुको परिवारले न्याय पाउनका लागि भोग्नु परेको चुनौतिलाई उजागर गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धि अनुसार नेपाल सरकारले सबै आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनीहरूको जोड छ । महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने समितिको ३५ नम्बर सिफारिस कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !