४ जेष्ठ २०८१, शुक्रबार

यसरी कसिदैछ पदमा हुँदा काम नगर्ने सरकारी कर्मचारीलाई


२५ चैत, काठमाडौं । तपाई सरकारी सेवामा हुनुहुन्छ र अवकाशपछि देशी विदेशी एनजिओ आइएनजिओमा जागिर खाने सोचमा हुनुहुन्छ भने तपाईका लागि दुःखद खबर छ ।

सरकारले तयार पारेको संघीय निजामति सेवा ऐन, २०७५ अनुसार सरकारी निकायका जागिर खाएका व्यक्ति वा उच्च पदस्थ कर्मचारीलाई एनजिओ , आइएजिओमा जागिर खान बन्देज लगाउने व्यवस्था गरेको छ ।

संवैधानिक निकायमा थप रोजगारीका लागि जना पाइने भएपनि कुने पनि प्रकारको एनजिओ, आइएनजिओमा भने जागिर खान नपाइने व्यवस्था सोको मस्यौदा समावेश गरिएको छ ।

ऐनले सरकारी कर्मचारीलाई अवकाशपछि पनि जवाफदेही बनाउन खोजिएको ऐनको मस्यौदामा उल्लेख छ ।

सरकार सेवबाट अवकाश पाउने बित्तिकै स्वदेशी तथा विदेशी निकाय, दूतावास तथा विभिन्न संस्थामा जागिर खाने र सरकारी सूचना तथा स्रोतको दुरुपयोग गर्ने पाइएपछि सरकारले सरकारी कर्मचारीलाई कडाई गर्न लागेको हो ।

सहसचिव तथा सचिवले सरकारी सेवाबाट अवकाश पाएपछि दौडदै एनजिओ, आइएनजिओृमा जागिर खान जाने गरेपछि कडाईको व्यवस्था गरेको हो । संवैधानिक निकायमा पूर्व कर्मचारी नै नियुक्त हुने गरेका छन् । उनीहरुको ध्यान राजनीतिक नेतृत्वलाई अनेकन प्रलोभन दिएर वा रिझाएर भएपनि संवैधानिक निकायमा नियुक्ति खाने रहेको छ ।

संवैधानिक नियुक्ति नपाउने कर्मचारी भने जसरी भएपनि विदेशी दातृ निकायमा काम गर्न जाने अवस्था पनि रहेको छ । संघीय निजामति ऐनले अबदेखि गैरसरकारी निकाय अर्थात् एनजिओ, आइएनजिओमा जागिर खानका लागि चार पटक सोच्नुपर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !