२३ बैशाख २०८१, आइतबार

अपहरणमा परेकी बालिका मृत अवस्थामा


Crime

११ भदौ, महोत्तरी । महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।

पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।

मृत अवस्थामा भेटिएकी बालिका औरही–१ स्थित सिद्धान्त फैन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका छोरी सोनाली चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई अपरिचित व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !