१४ बैशाख २०८१, शुक्रबार

वरिष्ठ नेता पौडेलद्वारा बकर इदको शुभकामना व्यक्त


ramchandra रामचन्द्र पौडेल

६ भदौ, काठमाडौँ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद) का अवसरमा नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शुभकामना सन्देश जारी गर्दै बहुभाषा, जाति, धर्म, परम्परा र चाडपर्व रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा भाइचारा, मित्रता, सद्भाव र एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुद पार्दै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !