१४ बैशाख २०८१, शुक्रबार

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबारअगाडि नग्न प्रदर्शन


nagna birodh

१ भदौ, काठमाडौं । गाई, गोरू मार्नेलाई अपराधीको रुपमा व्यवहार गर्ने कानुन ल्याएको विरोधमा एक युवकले सिंहदरबारअगाडि नग्न प्रदर्शन गरेका छन् ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार गेटमा शुक्रबार बिहान नग्न प्रदर्शन गर्न पुगेका जितिन लिम्बुले सबै जनावर एउटै भएको तर गाई, गोरु मार्नेलाई कैदा हुनेगरी कानुन बनाएको भन्दै प्रदर्शन गरेका हुन् ।

सिंहदरबारको दक्षिणी गेट अगाडि नग्न प्रदर्शन गर्न पुगेका लिम्बुले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका थिए । उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

उनले छातीमा ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो। सडकमा नग्न प्रर्दशनमा उत्रिएका लिम्बुलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ती युवालाई सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ। नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय प्रहरी वित्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !