२२ बैशाख २०८१, शनिबार

शैक्षिक मेला साउन ११ देखि


Nepalpatra

९ साउन, काठमाडौँ । नेपालमा नै गुणस्तरीय शिक्षा भन्ने नाराका साथ साउन ११ देखि दुई दिने शैक्षिक मेला भृकुटीमण्डपमा संचालन हुने भएको छ ।

युनिभर्सल टेक कन्सल्ट प्रालिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली विद्यार्थीहरु उच्चशिक्षा आर्जनका लागि विदेशमा पढ्न जाने प्रबृत्ति बढेकोले त्यसको अन्त्य गरी स्वदेशी धन स्वदेशमा नै जम्मा भइ विद्यार्थीले शिक्षा आर्जन गर्ने उद्देश्यले यो मेला संचालन गर्न लागेको जानकारी दिइयो ।

व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न ४४ कलेजका ५० स्टल रहने युनिभर्सल टेक कन्सल्ट प्रालिका सल्लाहकार उपप्राध्यापक केदारनाथ क्षेत्रीले जानकारी दिनुभयो ।
सो प्रालिका प्रवन्ध निर्देशक लक्षमण लामिछानेले गुणस्तरीय शिक्षा नेपालमा नै पाइन्छ भन्ने अनुभुति विद्यार्थीलाई दिने र उनीहरुका लागि व्यवस्थापन संकायका बारेमा विशेष अन्तरक्रिया गराइ जानकारी गराउने बताउनुभयो ।

सो मेला नेपालमा व्यवस्थापकीय संकायमा उच्चशिक्षाको खोजी र तयारीमा लागेका विद्यार्थीका लागि उपयोगी हुने बताइएको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !