२० बैशाख २०८१, बिहिबार

नेकपा केन्द्रीय सचिवालयको बैठक जारी


CPN Meeting

१ साउन, काठमाडौं ।  नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

हिजो साँझ बस्ने भनिएको बैठक मन्त्री परिषद बैठक लम्बिएका कारण आजका लागि सरेको थियो।

आजको बैठकमा पार्टी विधान अन्तर्गत नियमावलीलाई दुबै अध्यक्षले अनुमोदन गर्नेछन्। त्यसपछि त्यसलाई प्रकाशनार्थ पठाइनेछ।

विधान–नियमावली प्रकाशन नहुँदा मातहतका निकायहरुमा पार्टी एकताले पूर्णता पाउन सकेको छैन।

त्यसैले, आजको बैठकपछि प्रदेश, केन्द्रीय आयोग–विभाग, जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अघि बढ्नेछ।

पार्टी विधान–नियमावलीका अलावा आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारेपनि छलफल हुने बताइएको छ।

त्यस अन्तर्गत सरकारको काम कारवाही, डा गोबिन्द केसीको अनसन लगायतका विषयमा छलफल हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !