२६ बैशाख २०८१, बुधबार

अरनिको राजमार्ग सफाइ अभियान शुरु


Nepalpatra

१६ असार, भक्तपुर । हनुमन्ते नदी सरसफाइ अभियान संचालन गरिरहेको अभियन्ता टोलीले आजदेखि अरनिको राजमार्ग खण्डको सरसफाइ शुरु गरेको छ ।

वर्षाका कारण हनुमन्ते नदीमा पानीको बहाब बढेर सरसफाइमा कठिनाई आएपछि आजदेखि अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट सडक सरसफाइ अभियान शुरु गरिएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

सरसफाइ अभियान नरोकिने बताउँदै उहाँले अबको दुई महिना अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि कोटेश्वरसम्म सरसफाइ गर्ने र त्यसपछि पुनः हनुमन्ते नदीको सरसफाइलाई निरन्तरता दिइने बताउनुभयो ।

बस्नेत आफैँले प्राविधिक उपकरणमार्फत सरसफाइ शुरु गरेर अभियानको उद्घाटन गर्नुभएको थियो । अभियानमा आज दुई टन फोहोर संकलन भएको थियो ।

अभियानमा सांसद् बस्नेतलगायत अन्य निकायबाट आजै रु ६० हजार सहयोग प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको अभियानमा नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापतिले समृद्ध नेपाल निर्माण गर्न सफाइका लागि सरकार र जनता हातमा हात मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !