२५ बैशाख २०८१, मंगलबार

सबै मातृभाषाको सम्मान हुन्छ : मुख्यमन्त्री राउत


लालबाबु राउत लालबाबु राउत

१६ असार, महेन्द्रनगर, धनुषा ।   प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनुभएको छ ।

भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी नीति ल्याउने बताउनुभयो ।

प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो । “मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छांै, उहाँले भन्नुभयो”, “मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।”

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजर्षी जनक विश्वविद्यालयका उपकूलपति प्रा भरत झा, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !