२६ बैशाख २०८१, बुधबार

विश्वकप फुटबल : सेनेगललाई जापानले बराबरीमा रोक्यो


japan_vs_senegal

११ असार, काठमाडौं । विश्वकप २०१८ को आइतबारको दोस्रो खेलमा समूह एचका जापान र सेनेगलले बराबरी खेलेका छन् । एसियाली देश जापान र अफ्रिकन देश सेनेगलले २-२को बराबरी खेलेका हुन् ।

यी दुई देशको यो बराबरीसँगै दुवै देश नकआउट चरणमा पुग्नबाट रोकिएका छन्। यो समूहबाट जापान र सेनेगलको विजेता अर्को चरणका लागि छनोट हुने थियो । तर बराबरीले यी दुई देशले तेस्रो खेलको नतिजा कुर्नुपर्ने भएको छ । खेलको पहिलो गोल सेनेगलका सादियो मानेले ११औँ मिनेटमा गोल गरेर अग्रता लिए । जसलाई जापानका टाकासी इनुइले ३४औँ मिनेटमा बराबरी गरेका थिए ।

सेनेगलले १९ वर्षीय मोउसा वागुइले ७१औँ मिनेटमा गरेको गोलको मद्दतमा अग्रता लियो । उक्त अग्रतालाई पनि जापानका केइसुके हुन्डा ७८औँ मिनेटमा गोल गरेर बराबरी गरे। उक्त गोल नै खेलको अन्तिम गोल भयो र खेल बराबरीमा सकियो। खेलको म्यान अफ द म्याच सेनेगलका माने भए ।

जापान र सेनेगलले खेलेको बराबरीले एक एक खेल हारेका पोल्यान्ड र कोलम्बियालाई पनि नकआउट चरणको सम्भावना कायमै राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !